पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलायन्सको ऐतिहासिक अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलायन्सको ऐतिहासिक अवतरण

हिमालय एयरलायन्सले पहिलो ‘न्यारो बडी एयरक्राफट’ को ऐतिहासिक अवतरण गरेको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर हिमालयको एयरबस ए३२०९एन–एएलभी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको हो ।

नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि दिँउसो १ बजेर ११ मीनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट उडान भरेको हिमालयले १ बजेर ४४ मीनेटमा पोखरामा अवतरण गर्यो । योसंगै ए३२०–२१४ पोखरामा अवतरण गर्ने पहिलो एयरबस बनेको छ । 

यो विमान ९एन–एएलभी लाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । पोखरा विमानस्थलका उच्च अधिकारीहरुले हिमालय टोलीको नेतृत्व गर्ने उपाध्यक्ष विजय श्रेष्ठ (प्रशासन),  क्याप्टेन र उपाध्यक्ष (सञ्चालक) हाओ डीलाई स्वागत गरेका थिए । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपाध्यक्ष श्रेष्ठले हिमालय एयरलायन्स सँधै उडान क्षेत्रको सुरक्षा र यसको सुरक्षित अभिवृद्धिका लागि प्रतिबद्ध रहेको बताए । उनले भने,‘हाम्रो एयरबस ए३२० पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर यसले सुन्दर तालहरुको शहर भ्रमण गर्न विश्वभरी पक्कै पनि सकारात्मक सन्देश दिनेछ । 

आजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि साहसिक पर्यटनको राजधानीको उद्घाटन हुनु हो, जसले नेपालको पर्यटन व्यवसायलाई उचाइमा पुर्याउने छ ।’ कार्यक्रम सकाएर ३ बजेर ४४ मीनेटमा पोखराबाट उडेको विमान ४ बजेर १७ मीनेटमा काठमाडौं आइपुगेको थियो । 

स्वेदशी तथा विदेशी नागरिकहरुसंग सम्पर्क प्रवर्द्धन गर्ने तथा राष्ट्रको व्यापार र पर्यटनको प्रवर्द्धन गर्ने प्रमुख दुई उद्धेश्यका साथ नेपाली–चीनबीचको संयुक्त लगानीमा सन् २०१४ मा हिमालय एयरलायन्सको स्थापना भएको थियो ।

टिप्पणीहरू