खतरनाक खेलहरु
राजनीतिलाई आफ्नो वशमा राख्न विदेशीले केसम्म गर्छन् भन्ने कुरा फेरि एकचोटि देखिएको छ । जसरी ०७२ सालमा राष्ट्रपति र प्रधानमन्त्री छाड्नै हुँदैन भनेर राष्ट्रपति भई नै सक्नुभएका सुशील कोइराला रोकिनुभयो, यसपटक फेरि त्यस्तै भएको छ । शक्तिकेन्द्रहरुको भर पर्दा र आफ्नो शक्ति निर्माण, सञ्चय र पूर्वतयारी नगर्दा नेपाली कांग्रेस नराम्रोसँग किनारामा परेको छ । यसका लागि पश्चिमा ध्रुवका खेलाडीहरुले शेरबहादुर पत्नी आरजुको कान फुकेका थिए, ‘कुनै हालतमा पनि राष्ट्रपति र प्रधानमन्त्री छोड्न…