‘मलाई पुलिसले केरकार गरेको छैन’

‘मलाई पुलिसले केरकार गरेको छैन’ – टिकाराम खनाल

जनआस्था साप्ताहिकको अनलाइनमा ‘रुकुमका टिकारामको काम, सशस्त्रको नाममा कति बुझ्ने खाम ?’ शीर्षकमा प्रकाशन भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा भनिएका कुरा सतप्रतिशत झूठ हुन् । सशस्त्रका पूर्वआईजी मैले चिनेको दाइ भन्ने मात्र हो ।

आजसम्म मैले कसैको एक पैसा खाएको छैन । आजका दिनसम्म नेपाल तथा विदेशभर प्रहरीले सामान्य केरकारसमेत नगरेको व्यक्ति हुँ ।  उक्त समाचारमा भनेको कुनै पनि कुरा मिलेमा म जुनसुकै कारवाही भोग्ने चुनौती दिन चाहन्छु । उक्त समाचारले म र परिवार ठूलो मानसिक पीडामा छौं । समाचार लेख्ने पत्रकारलाई त्यस संस्थाबाट कारवाहीको माग गर्दछु । 

टिप्पणीहरू