लिटरमै १४ रुपैयाँ थप ? दूधको मूल्यबृद्वि तत्काललाई रोकियो

लिटरमै १४ रुपैयाँ थप ? दूधको मूल्यबृद्वि तत्काललाई रोकियो

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्यबृद्धि स्थगित भएको जनाएको छ ।  कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्दप्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।

केही डेरी र दूध उद्योगहरुले यही पुस १६ गतेदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेका थिए । त्यसको चौतर्फी विरोधसमेत भएको  थियो ।

टिप्पणीहरू