हर्क साम्पाङका उपाध्यक्ष प्रचण्डतिर
दलित अभियन्ता डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज उनलाई पार्टीमा स्वागत गरे । यसअघि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको उपाध्यक्ष रहेका परियार कारवाहीमा परेका थिए ।
बुटवलको सभामा राम्रो व्यवस्थापन नगरेको भन्दै हर्कले पार्टीबाट निकालेपछि उनी नेकपामा लागेका हुन् । अमेरिकाको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका परियारले लामो समयदेखि दलित आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।
टिप्पणीहरू