एमसीसी परियोजनाको सर्भे रोक्न प्रदर्शन,एक पक्राउ

एमसीसी परियोजनाको सर्भे रोक्न प्रदर्शन,एक पक्राउ

काठमाडौंको शंखरापुरा नगरपालिका–३ बोजिनीमा आज पनि स्थानीय र प्रहरी टोलीबीच झडप भएको छ । त्यहाँ निर्माण हुन लागेको एमसीसी परियोजनाअन्तर्गतको विद्युत प्रशारण लाइन (सबस्टेशन) अन्यत्र सार्न माग गर्दै स्थानीयले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । 

झडपमा सहभागी एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपर तामाकोशी सबस्टेशन निरीक्षणका लागि पुगेको नेपाल विद्युत प्राधिकरणका कर्मचारी र सुरक्षा टोलीलाई देखेपछि स्थानीयले अवरोध गरेका थिए । 

सो क्रममा उनीहरुले ’एमसीसी चाहिंदैन’, ’स्थानीयको जग्गा अतिक्रमण गर्न पाइँदैन’, ’प्रहरी दमन मूर्दावाद’, ’प्रहरी फिर्ता गर’, ’मानव अधिकार हनन गर्न पाइँदैन’, ’राज्य आतंक बन्द गर’, ’सबस्टेशन तुरुन्त स्थानान्तरण गर’ जस्ता नारा लगाएका थिए ।

टिप्पणीहरू