गृहमन्त्रीद्वारा प्रगति विवरण पेश गर्न सिडियोहरुलाई निर्देशन

गृहमन्त्रीद्वारा प्रगति विवरण पेश गर्न सिडियोहरुलाई निर्देशन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले १५ दिनभित्र प्रगति विवरण पेस गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

आज बिहान गरिएको भर्चुअल सम्बोधनमा गृहमन्त्री लामिछानेले सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने सुधार एवम् प्रक्रिया सरलीकरणका विषयहरू समावेश गरी माघ २ गतेभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन निर्देशन दिएका हुन् । 

गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्र एवम् राहदानी वितरणमा सहजीकरण गरी काठमाडौं आउनु नपर्ने वातावरण सिर्जना गर्न, उपलब्ध सबै प्रयत्न र नवप्रवर्तनकारी उपायहरू अवलम्बन गर्न पनि निर्देशन दिएको बताइएको छ ।

गृहमन्त्रीले आज बिहान मन्त्रालयबाट ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने क्रममा उक्त धारणा राखेका हुन् । सिडिओको संयोजकत्वमा रहेका जिल्ला सुरक्षा समितिमा सम्बन्धित जिल्लाका सेना, प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य रहने व्यवस्था छ ।
 

टिप्पणीहरू