तीन वटा विमानस्थल दिउँसो पनि ठप्प

तीन वटा विमानस्थल दिउँसो पनि ठप्प

खराब मौसमका कारण आज भैरहवा, सिमरा र जनकपुर विमानस्थल बन्द भएको छ । बाक्लो हुस्सुका कारण दिउँसो १ बजेसम्म पनि ती विमानस्थल बन्द रहेको बताइन्छ ।

काठमाडौं, पोखरालगायत पहाडी क्षेत्रका विमानस्थल बिहानैदेखि खुलेका छन् । तराईका अन्य विमानस्थल पनि अहिले सुचारु रहेको जानकारी दिइएको छ ।
 

टिप्पणीहरू