गृह मन्त्रालयको निर्देशनपछि सशस्त्रको छुट्टै आदेश

गृह मन्त्रालयको निर्देशनपछि सशस्त्रको छुट्टै आदेश

गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेतृत्वसँग भेट्दा अनिवार्य रूपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले छुट्टै आदेश जारी गरेको छ । 

सशस्त्रले आफ्ना कर्मचारीलाई त्यस्ता भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरणसम्बन्धी स्थायी आदेश २०७९ जारी गरेको जनाएको छ । उक्त आदेशले प्रहरी कर्मचारीले जथाभावी भेटघाट गर्ने अभ्यासको अन्त्य हुने सशस्त्र नेतृत्वले विश्वास लिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री नियुक्त भएलगत्तै प्रहरी नेतृत्वलाई कूटनीतिक तथा राजनीतिक भेटघाट गर्दा विभागीय स्वीकृति अनिवार्य गराएका हुन् ।

टिप्पणीहरू