ललितपुर-३ मा विद्युतीय चुल्हो बाँडियो

ललितपुर-३ मा विद्युतीय चुल्हो बाँडियो

ललितपुर महानगरपालिका ३ नम्बर वडा कार्यालयले आफ्नो वडाभित्र बसोबास गर्ने स्थानीयबासीलाई विद्युतीय चुल्हो वितरण गरेको छ । वडाले हिजोदेखि चुल्हो बाँड्न थालेको हो ।

वडाध्यक्ष श्रीगोपाल महर्जनले झण्डै एक वर्षअघि वडा कार्यालयमा पाँच सय २० रुपैयाँसहित आवेदन दिने वडाबासीलाई हिजोदेखि इन्डक्सन चुल्हो वितरण गर्न थालिएको बताए । उनले भने,‘खाना पकाउन ग्याँसभन्दा सस्तो र सजिलो हुने भएकाले इन्डक्सन चुल्होको प्रयोगमा बृध्दि ल्याउन र विद्युतको सदुपयोग गर्नका लागि इन्डक्सन चुल्हो वितरण गरिएको हो ।’

वडाभित्र बसोबास गर्ने ७९४ जनामध्ये चार सय जनालाई हिजो नै विद्युतीय चुल्हो वितरण गरिएको र बाँकीलाई आज र भोलि गरेर बाँडिने वडाध्यक्ष महर्जनले बताए । विद्युतीय चुल्हो तीन हजारदेखि दश हजारसम्म पर्ने हुँदा प्रयोग गर्न इच्छुक वडाबासीलाई आर्थिक भार नपरोस् भनी २० प्रतिशत वडाबासी र ८० प्रतिशत सरकारको लगानीमा चुल्हो खरिद गरी वितरण गरिएको पनि उनले जानकारी गराए ।

टिप्पणीहरू