विध्वंस पीडित व्यवसायीलाई बैंकिङ राहत
जेन जी विध्वंसबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापार–व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीहरूले ऋण भुक्तानीको अवधि सार्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ऋणीको अनुरोधमा कर्जाको पुनःतालिकीकरण वा पुनःसंरचना गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले जेनजी प्रभावको यकिन गरी प्रवाहित कर्जा पुनःतालिकीकरण वा पुनःसंरचना गर्न सकिने जनाएको छ। परिपत्…