गभर्नरसँग ४५ तोला सुन, श्रीमतीको नाममा घर र गाडी

गभर्नरसँग ४५ तोला सुन, श्रीमतीको नाममा घर र गाडी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग ४५ तोला सुन र १५ लाख बराबरको हिरा रहेको पाइएको छ । उनले सार्वजनिक गरेको सम्पति विवरणमा उक्त कुरा उल्लेख छ । 

गभर्नर पौडेलले ललितपुरको भैसेपाटीमा पौने दुई करोड बराबरको घर र नवलपरासीको गैँडाकोटमा ६० लाख मूल्य पर्ने घरजग्गा रहेको पनि विवरणमा खुलाएका छन् । दुवै घर श्रीमती प्रतिभा शर्माको नाममा रहेको जनाइएको छ । 

त्यस्तै, विभिन्न सात वटा कम्पनीमा १५ लाख ३६ हजार पाँच सय ८९ कित्ता शेयर रहेको पनि गभर्नरले स्पष्ट पारेका छन् । कुल शेयरको मूल्य सवा १४ करोड हारहारी हुने उनको भनाइ छ । 

गभर्नर पौडेलले विभिन्न बैंकमा ६ वटा खाता रहेकोमा दुई वटा डलर खाता रहेको जानकारी दिएका छन् । हाल खातामा २७ लाख नगद रहेको विवरणमा उल्लेख छ । त्यसबाहेक श्रीमतीको नाममा ४४ लाख बराबरको सुजुकी गाडी रहेको बताइएकाे छ ।

 

टिप्पणीहरू