ठूलो माछा ‘जलहरी’ सँग तर्सिएको अख्तियार
केपी ओली प्रधानमन्त्री भएका बखत् पशुपतिनाथ मन्दिरमा चढाउने भनिएको जलहरीमा ११ किलो सुन अपचलन विवाद एक वर्षपछि प्रतिनिधि सभामा ब्युँतियो । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सुनको जलहरीका नाममा ‘पित्तल’ लगाएर भ्रष्टाचार गरेको आरोप लगाए ।
हुनलाई पित्तल लगाएको नभएर उब्रेको ११ किलो सुन कता हरायो भनेर खोजीको बिषय बनेको थियो । सांसदले जलहरीको प्रसङ्ग मात्रै उप्काएका थिएनन्, ओली नेतृत्वको सरकार हुँदा यती, ओम्नी, प्रिन्टिङ प्रेस, स्वास्थ्य …