निर्वाचन कार्यालय खारेज हुँदा चुनावको वैधतामाथि प्रश्न उठ्ने चिन्ता
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयले निर्वाचन व्यवस्थापनमा चुनौती सिर्जना हुने बताएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरोकारवालासँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगका जिल्लास्थित कार्यालय खारेज गर्ने निर्णयले निर्वाचन व्यवस्थापनमा चुनौती एंव जटिलता पैदा हुने बताउनुभएको हो ।
संविधानको धारा २४६ ले तोकेको जिम्मेवारी र धारा २४७ तथा प्रचलित निर्वाचन कानूनअनुसार निर्वाचन आयोगलाई आफ्नो कार्यसम्पा…