नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ
नेपाली काँग्रेसकी सांसद सुशीला थिङ संसदीय दलको सचेतकमा मनोनीत भएकी छन् । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई आज सचेतक मनोनयन गर्नुभएको हो ।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभा सदस्य थिङलाई सचेतकमा मनोनयन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्युले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभा सदस्य, माननीय सुशिला थिङज्युलाई प्रतिनिधिसभाको सचेतक पदमा मनोनयन गर्नुभएको छ ।’
थिङ समानुपातिकतर्फकी सांसद हुन् ।
टिप्पणीहरू