माधव नेपालनिकट पत्रकारको अध्यक्ष र महासचिवमा जनआस्थाकर्मी निर्वाचित
जनआस्थाकर्मी विश्वमणि सुवेदी र रामकुमार एलन नेकपा एकीकृत समाजवादी पार्टीनिकट समाजवादी प्रेस संगठनको अध्यक्ष र महासचिव पदमा आज बिहानै निर्वाचित भएका छन् । गत शुक्रवारदेखि राजधानीमा आयोजित संगठनको प्रथम अधिवेशनले वरिष्ठ पत्रकार सुवेदीलाई अध्यक्ष र एलनलाई महासचिवमा चयन गरेको हो ।
प्रतिस्पर्धी पूर्व महासचिव भूपराज खड्कालाई २८ मतले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै,एलनले लुम्बिनीका हृदय भुसाललाई ९ मतले हराएका छन् । भुसालले १३० मत ल्याउँदा …