काँगेसका वकिल चुनावबाट चुनिए
नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन लोकतान्त्रिक लएर्स एशोसिएशन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् । चितवनमा सम्पन्न डिएलएको ११ औं महाधिवेशनबाट उनी अध्यक्ष चुनिएका हुन् ।
सहमति जुट्न नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । केसीले ६५३ मत प्राप्त गरि अध्यक्ष जित्दा उनका प्रतिद्धन्द्धी लक्ष्मीदेवी दाहाल रावतले १७७, केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भूषणले ५३ मत पाएका छन् ।
यस्तै, चारजना प्रतिस्पर्धीलाई पन्छाउँदै महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी विजयी भएका छन् । उनले ३९५ मत प्रप्त गर्दा निकटतम प्रतिस्पर्धी पूर्णप्रकाश बस्नेतले २३६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा ३१५ मतसहित जगन्नाथ ढकाल विजयी हुँदा ६१९ मतसहित कविता थापा कार्की महिला उपाध्यक्ष निर्वाचित भएकी छन् ।
प्रदेश उपाध्यक्षमा कोशीबाट कविता बस्नेत र मधेशबाट रामानन्द साह निर्विरोध निर्वाचित भए । गण्डकीबाट भूमिश्वर शर्मा, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही, सुदूरपश्चिमबाट गंगाराम पाध्याय र बाग्मतीबाट जनकराज श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
खुला सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना निर्वाचित हुँदा कोषाध्यक्षमा हरिबहादुर बस्नेत चयन भएका छन् ।
टिप्पणीहरू