पत्रकार महासंघलाई प्रेस चौतारीको ४८ घण्टे अल्टिमेटम
नेपाल पत्रकार महासंघ रामेछापले सदस्यता शुद्धीकरणमा मापदण्ड मिचेको भन्दै जिल्लास्थित नेकपा एमालेको भातृ संगठन प्रेस चौतारीले निर्णय सच्याउन ४८ घण्टे अल्टिमेटम दिएको छ ।
आज विज्ञप्ति जारी गर्दै प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले ४८ घण्टाभित्र निर्णय नसच्चिए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । महासंघले जारी गरेको १५ बुदें सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड स्वागतयोग्य रहेपनि रामेछापको हकमा अमूक दल विशेषका कार्यकर्ता भर्ति केन्द्रको रुपमा महासंघलाई स्थापित गर्न खोज…