उपप्रधानमन्त्री खड्कालाई देउवाको जिम्मा

उपप्रधानमन्त्री खड्कालाई देउवाको जिम्मा

उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुभएको छ । 

सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उहाँले कार्यवाहक पाउनुभएको हो । कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सभापति देउवा फलोअपका लागि गएराति सिंगापुर जानुभएको हो । उहाँ करिब एक सातापछि फर्किने बताइएको छ ।

टिप्पणीहरू