राष्ट्रिय सभा अध्यक्ष बेइजिङ र सांघाइमा व्यस्त
चीन भ्रमणमा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समिति अध्यक्ष दोङ युन्हुबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा उहाँले नेतृत्व गर्नुभएको नौ सदस्यीय संसदीय प्रतिनिधि मण्डलका सदस्यहरु र सांघाईको नेशनल पिपुल्स कंग्रेस स्थायी समिति सदस्य,राष्ट्रिय जनकाँग्रेस विदेश मामिला समिति उपाध्यक्ष तथा राष्ट्रिय जनकंग्रेस चीन–नेपाल मैत्री समूहका उपप्रमुखलगायतको उपस्थिति थियो ।
यसअघि उहाँले राजधानी बेइजिङमा राष्ट्रिय जन कंग्रेसको स्थायी समिति अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट गर्नुभएको थियो ।
नेपाली प्रतिनिधिमण्डल आज तिब्बततिर आउने कार्यक्रम छ ।
टिप्पणीहरू