राष्ट्रिय सभा अध्यक्ष मध्यराती उत्तरतिर
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चीन जानुभएको छ । उहाँ गएराति सवा १२ बजे चाइना साउदर्न एअरलाइन्सको उडान नम्बर सिजेड ३०६७ मा काठमाडौंबाट चीनको ग्वाङ्झौ प्रस्थान गर्नुभएको बताइएको छ ।
तिब्बतको ल्हासामा आजदेखि सात दिनसम्म हुने पाँचौ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक एक्सपोमा सहभागी हुन अध्यक्ष तिमिल्सिना ग्वाङ्झौ हुँदै जानुभएको हो ।
उहाँको नेतृत्वमा १० सदस्यीय प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यसहितको टोली चीन गएको छ । यता राष्ट्रिय सभाको बैठक दुई साताको लागि स्थगन गरेर असार १० गतेका लागि तोकिएको छ ।
टिप्पणीहरू