मेयरले बजेटमा पनपक्ष गरेपछि वडाध्यक्षद्वारा राजीनामा
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट वितरणमा चित्त नबुझेपछि उनले राजीनामा दिएको बताएका छन् । मेयर नरुलाल चौधरीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा ‘वडावासीसामु गरेको प्रतिबद्धता पूरा गर्ने अवस्था नरहेकाले यो निर्णयमा पुगेको’ उल्लेख छ ।
‘स्थानीय निर्वाचनमा नेकपा एमाले पार्टीबाट म जितेन्द्र शाह वडाध्यक्ष पदमा निर्वाचित भई जनताको सेवा …