माओवादी केन्द्रीय समिति बैठक सर्यो

माओवादी केन्द्रीय समिति बैठक सर्यो

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक सारेको छ । असार २३ गते बोलाइएको बैठक आगामी साउन १७ गतेका लागि सारिएको पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार सबै प्रदेशमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आवको हिसाब फछ्र्यौट गर्नुपर्ने भएकाले बैठक सारिएको हो । 

बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा साउन १७ गते बिहान ११ बजे बस्ने तय भएको बताइएको छ ।

टिप्पणीहरू