देउवापछि आरजूको बिदेशमा उपचार,भर्खर जापान प्रस्थान

देउवापछि आरजूको बिदेशमा उपचार,भर्खर जापान प्रस्थान

काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजू राणा देउवा जापान प्रस्थान गरेकी छन् । उनी आज बेलुकी सवा ७ बजे काठमाडौंबाट सिओल हुँदै कोरियन एअरको उडान नम्बर केई ६९६ बाट टोकियो गएकी हुन् ।

यसअघि श्रीमान देउवाको पेटसम्बन्धी रोगको फलोअपको निम्ति उनी छोरासहित सिंगापुर गएकी थिइन् । ११ दिनपछि गत शुक्रबार मात्र नेपाल फर्केकी राणा आज एकाएक जापान गएकी हुन् ।

झण्डै एक वर्षअघि पनि उनी फलोअपको लागि त्यतै गएकी थिइन् । आमा टोकियोमा नेपाली राजदूत छँदा उनको हिपको हड्डीको उपचार गरिएको थियो । अहिले त्यही देखाउन जापान जानु परेको बताइन्छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुवसु) छन् । सुवेदी पहिले बेलायतमा राजदूत थिए । सुवेदीलाई आरजूको ‘प्रेसर’ मा नियम मिचेर जापानको लागि राजदूत बनाइएको आरोप लाग्दै आएको छ ।

गत वर्ष साउनमा उनको पाठेघरमा समस्या देखिएपछि नयाँ दिल्लीमा उपचार गरिएको थियो । अघिल्लो महिना सोही उपचारको फलोअपमा दिल्ली गएको पारिवारिक स्रोतको दाबी थियो ।

टिप्पणीहरू