बजार हल्लामा नरमाउनू : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा देखिएको लोकप्रियतालाई ‘वास्तविक शक्ति’ नमान्न नयाँ दलहरुलाई सुझाव दिएका छन्। रुकुमबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका अभियन्ता केशव रावललाई सम्मान गर्न पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता नै अन्तिम शक्ति भएको बताएका हुन् ।
अहिले सामाजिक सञ्जालमा पुराना दलहरु कमजोर भइसके भन्ने भाष्य स्थापित गर्न खोजिएको प्रचण्डको अनुभव छ । ‘यसो सोसल मिडिया हेर्ने हो भने त विचारविहीन र निष्ठाविहीनहरुले देश नै कब्जा गरिसके जस्तो बनाउन खोजिएको छ’, अगाडि भनियाे, ‘दशकौँ लडाइँ गरेर, त्याग र तपस्या गरेर निष्ठाका कीर्तिमान बनाउनेहरु त अब काम छैन भन्याजस्तो पार्न खोजिएको छ, तर यो सत्य होइन ।’
समाजिक सञ्जाल प्रयोगकर्ता ‘हामी’ नै भए पनि त्यसको एल्गोरिदम विदेशबाटै नियन्त्रण भइरहेकोमा सचेत समेत गराइएकाे छ। ‘साथीहरुले विचार गर्नुपर्छ, यो आइटीको जमाना हो, एआईको युग हो । हामीलाई लाग्नसक्छ कि हामीले मोबाइल चलाइराखेका छौँ, स्टाटस, समाचार पोस्ट गरिरहेका छौँ, तर त्यो एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादको नियन्त्रणमा छ ।’
बजारको हल्लामा रमाउनुभन्दा पनि जनताको घर-घरमा गएर वास्तविक ऐजेण्डासहित अघि बढ्न नयाँ दलहरुलाई सुझाव दिइएकाे छ ।
टिप्पणीहरू