सरकार अल्पमतमा परेपछि अधिवेशन अन्त्य गरेका मुख्यमन्त्रीले प्रदेशसभाको बैठक बोलाए

सरकार अल्पमतमा परेपछि अधिवेशन अन्त्य गरेका मुख्यमन्त्रीले प्रदेशसभाको बैठक बोलाए

कोशी प्रदेशसभाको बैठक १४ असारका लागि बोलाइएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले १४ असारको दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका हुन् । 

हिजो बसेको कोशी प्रदेश क्याविनेट बैठकले १४ असारमा प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका बेला प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो । 

सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिँदै सरकार छाडेपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकारले बहुमत गुमाएपछि कार्कीले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएका छन् ।
 

टिप्पणीहरू