केपी ओली फर्कनासाथ चोलेन्द्र समशेर सिंगापुरतिर
एमाले अध्यक्ष केपी शर्मा ओली हिजो राति काठमाडौं आइपुग्नुभएको छ । उहाँ कम्बोडियाबाट सिंगापुर हुँदै राति साढे ९ बजे आउनुभएको हो ।
कम्बोडियाको अस्ति सम्पन्न आमनिर्वाचन पर्यवेक्षणका लागि उहाँ गत साता सिंगापुर हुँदै कम्बोडियाको राजधानी न्होम्पेन्ह जानुभएको थियो । उहाँ काठमाडौंबाट सिंगापुर पुग्दा नपुग्दै पूर्वराजा ज्ञानेन्द्र शाह पनि बैंककबाट सिंगापुरतिर हान्निएका थिए ।
एमाले अध्यक्षसँगै टोलीमा सहभागी श्रीमती राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल,स्वकीय सचिव राजेश बज्राचार्य, …