अर्थमन्त्री र गृहमन्त्रीको तस्करसँग सम्बन्ध रहेको सांसदको आरोप, काँग्रेस दलको बैठक बोलाउन माग

अर्थमन्त्री र गृहमन्त्रीको तस्करसँग सम्बन्ध रहेको सांसदको आरोप, काँग्रेस दलको बैठक बोलाउन माग

नेपाली काँग्रेसका सांसद डा.सुनिलकुमार शर्माले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा निवेदन दर्ता गर्दै उनले साउन १० गते अगावै दलको बैठक बोलाउन माग गरेका हुन् । 

शर्माले गत साउन ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएकोले यसबारे गम्भीरतापूर्वक छलफलका लागि बैठक बोलाउन माग गरेको बताएका छन् । 

उक्त घटनामा अर्थ मन्त्रालय र गृह मन्त्रालय मातहतका कर्मचारीहरुको प्रत्यक्ष संलग्नता भएको हुँदा यस विषयमा माननीय अर्थमन्त्री र गृहमन्त्रीज्यूहरुको भूमिकाप्रति व्यापक रुपमा जनस्तरमा शंका उत्पन्न भएको उनको निवेदनमा उल्लेख छ । उनले पार्टी संसदीय दलमा गम्भीरतापूर्वक छलफल वाञ्छनीय देखिएको र वर्तमान अवस्थामा सुनशासन एमदकै कमजोर भइरहेको, भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व जनप्रतिनिधिहरुको हो भन्ने कुरालाई हृदयंगम गर्न आग्रह गरेका छन् ।

लेखिएको छ, ‘पार्टीभित्रका सम्पूर्ण सांसदज्यूहरुको तर्फबाट यस विषयमा राय सल्लाह लिई उपयुक्त निकास निकाल्न वाञ्छनीय भएको साथै नेपाली काँग्रेस संसदीय दलको विधानको धारा (२१) (६), अनुसार २५ प्रतिशत सांसदहरुको हस्ताक्षरको आधारमा संसदीय दलको बैठक बोलाउन अनिवार्य प्रावधान भएतापनि पार्टीभित्र गुटबन्दी सिर्जना हुन सक्ने कुराप्रति सचेत रहदै आम सांसदज्यूहरुको मनोभावना र चाहनालाई समेट्दै यस विषयमा संसदीय दलको बैठक यही साउन १० गते अगावै बोलाई छलफ गराई पाउँ !’

टिप्पणीहरू