नेपालको विद्यालय खाजा कार्यक्रम प्रभावकारी देखियो : प्रधानमन्त्री

नेपालको विद्यालय खाजा कार्यक्रम प्रभावकारी देखियो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठनले इटालीको राजधानी रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभएको छ ।

उहाँले यसबाट विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै भन्नुभयो, ‘विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन् ।’ 

उहाँले दुई वर्ष अघिको खाद्य सम्मेलनपछि नेपालले खाद्य प्रणालीका बारेमा राज्यको तल्लो तहसम्म छलफल चलाएको जानकारी पनि दिनुभएको छ । नेपालले २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना बनाएको उहाँको भनाई छ ।

प्रधानमन्त्रीले अति कम विकसित मुलुकको अध्यक्षको हैसियतमा आज सम्मेलनलाई सम्बोधन गर्नुभएको हो ।

टिप्पणीहरू