चिनियाँ पाहुना टोली कलंकीस्थित एलआरआई स्कुलमा

चिनियाँ पाहुना टोली कलंकीस्थित एलआरआई स्कुलमा

नेपाल भ्रमणमा रहेको चीनको उच्चस्तरीय टोली कलंकीस्थित एलआरआई स्कुल पुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा चोङछिङ शहरका प्रमुख एवम् सचिव युआन च्या च्युन नेतृत्वको टोली विद्यालय भ्रमणको क्रममा त्यहाँ पुगेको हो ।

कोलम्बोबाट हिजो बिहान काठमाडौं ओर्लिएको चिनियाँ पाहुनाको टोली अपरान्हदेखि भेटवार्तामा जुटेको थियो । युआनले अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग र त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल संवाद गरेका हुन् ।

चिनियाँ नेताले साँझ ५ बजे सिंहदरबार पुगेर कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग कुराकानी गरेका थिए । लगत्तै टोली उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटवार्तामा सरिक भएको थियो ।

टिप्पणीहरू