प्रधानमन्त्री प्रचण्ड र बंगलादशी समकक्षीबीच रोममा भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । हाल इटालीको राजधानी रोममा रहनुभएका प्रधानमन्त्रीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको बताइएको छ ।
उहाँहरुबीच रोमस्थित राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।
भेटमा कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा दुई मुलुकका प्रधानमन्त्रीबीच छलफल भएको छ ।
टिप्पणीहरू