अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली योजना आयोगमा

अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली योजना आयोगमा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोलीले भेटवार्ता गरेको छ । टिडाइन किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबारस्थित उहाँको कार्यालयमा भेटेर कुराकानी गरेको हो ।

कोष टोलीले आयोगले तर्जुमा गरिरहेको १६ औं योजनालगायत विषयमा जिज्ञासा राखेको बताइन्छ । टोलीले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गरिरहेको छ ।

टिप्पणीहरू