गगन थापाको गुनासो : पार्टी र गठबन्धन बैठकमा बोलाइएन

गगन थापाको गुनासो : पार्टी र गठबन्धन बैठकमा बोलाइएन

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चारमाध्यमबाट थाहा पाउने गरेको गुनासो गरेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उनले यस्तो परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् । 

महामन्त्रीको हैसियतले आफूपनि निर्णय प्रक्रियामा सहभागी हुनुपर्नेमा पार्टी र सत्ता गठबन्धनमा आवद्ध दलले गरेका निर्णय सञ्चारमाध्यमबाट थाहा पाउनुपर्दा दुःख लागेको उनको भनाइ छ । थापाले भने, ‘म पार्टीको महामन्त्री हुँ तर पार्टीका कतिपय र सत्ता गठबन्धनका निर्णयमा सहभागी हुन पाइन, सञ्चार माध्यमबाट खबर पाउनुपर्छ, भोलिपल्ट बिहान फेरि मिडिया नै प्रश्न गर्छन्, प्रोसेसमा सहभागी हुन पाइन पार्टी र गठबन्धन बैठकका निष्कर्षका भारी मात्रै बोक्नुपर्यो ।’

त्यसक्रममा महामन्त्री थापाले गठबन्धनका नाममा पार्टीले आफ्नो स्वार्थमा सम्झौता गर्न नहुने पनि बताए ।

टिप्पणीहरू