तयारी कुलमानको, चिन्ता रास्वपाको
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ दल खोल्न लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आत्तिएको संकेत छ । समर्थकहरुको संख्यामा ह्रास आउनसक्ने खतरालाई मध्यनजर गर्दै नेताहरुले एक्लाएक्लै अगाडि गए जेलको बास निश्चित रहेको भन्दै त्रासदी सिर्जना गर्न खोजेका हुन् ।
हाल तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका घिसिङले रास्वपाबाटै अलग भएकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, युवा अभियन्ता सागर ढकाल, हामी नेपालका संस्थापक सुदन गुरुङलगायतलाई समेटेर नयाँ दल खोल्न लाग…