हेटौंडामा डाेजर चलाउन राेक

हेटौंडामा डाेजर चलाउन राेक

मकवानपुरको हेटौंडा बजारको सडक विस्तार कार्य स्थगित भएको छ । सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण सडक विस्तार कार्य तत्कालका लागि स्थगन गरिएको सडक डिभिजन कार्यालय, हेटौंडाले जानकारी दिएको छ । 

कार्यालयद्धारा आज जारी सूचनामा भनिएको छ, ‘सडक सीमा संरक्षण अभियानको क्रममा प्रकाशित सूचनाविरुद्ध केही सरोकारवालाबाट सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन पेश भई अदालतबाट मिति २०८२–०८–१९ मा जारी उत्प्रेषण आदेश मिति २०८२–०८–२१ गते दिनको १२ः४६ मा म्याद तामेल भएकोले अदालतको आदेशलाई सम्मान गर्दै यसअघि प्रकाशित सूचनामा उल्लेख गरिएका कार्यहरु हाललाई स्थगन गरिएको व्यहोरा अनुरोध छ ।’

डिभिजनले गत मंसिर ५ गते सूचना जारी गरेर १५ दिनभित्र हेटौंडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म निर्माण भएको अवैध संरचना भत्काउन निर्देशन दिएको थियो । तर, अटेरी गरेपछि डिभिजनले हिजो सयौं घर भत्काएको थियो । 

त्यसविरुद्ध पूर्वसांसदसमेत रहेकी स्थानीय विन्दावासिनी कंसाकारले दायर गरेको रिटमा शुक्रबार न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सो सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न उत्प्रेषण आदेश जारी गरेको थियो ।

टिप्पणीहरू