देशभरका जिल्ला प्रशासनबाहिर जसपा नेपालको प्रदर्शन
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले मुलुकभरको जिल्ला प्रशासन कार्यालयबाहिर प्रदर्शन गरेको छ । आफ्नो २८ बुँदे माग सम्बोधनका लागि सरकारलाई दबाब दिन पार्टीले आज प्रशासनबाहिर शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
पार्टीले मागबारे जानकारी गराउँदै केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको थियो । माग सम्बोधन नभएपछि पार्टीले मंसिर १० गतेदेखि देशव्यापी रुपमा शान्तिपूर्ण धर्ना, विरोध प्रदर्शन, कोणसभालगायतका कार्यक्रम गर्दै आएको छ ।
संविधान संशोधन गरेर राष्ट्रिय समस्याहरुको समाधान गर्नुपर्ने, जनसंख्याका आधारमा संसदीय–प्रादेशिक निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्नुपर्ने, जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था गर्नुपर्नेलगायतका माग पार्टीले राखेको छ ।
टिप्पणीहरू