विघटित संसद पुनर्स्थापना हुनेमा एमाले महासचिव ढुक्क

विघटित संसद पुनर्स्थापना हुनेमा एमाले महासचिव ढुक्क

नेकपा (एमाले)ले आगामी मंसिर २७ गते राजधानीमा बृहत जनसभा गर्ने भएको छ । प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् । 

जनसभामा अहिलेसम्मकै धेरै नागरिकको सहभागिता रहने पोखरेलको दाबी छ । ‘त्यो दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा हुन्छ’, उनले भने, ‘आखिर जनता कसको साथ छन्, हामी देखाउन चाहन्छाैँ, प्रमाणित गर्न चाहन्छौँ ।’

त्यसअघि कात्तिक २२ गते देशभरका वडामा, २५ गते पालिकामा, २९ गते जिल्लाहरूमा जनर्याली निकाल्ने तयारी भएको पोखरेलले जानकारी गराएका छन् । 

फरक प्रसंगमा उनले संसद पुनर्स्थापना हुनेमा पनि विश्वास व्यक्त गरे । अगाडि भने, ‘जनताबाट निर्वाचित बहुमतप्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दैनचिनेको सरकारले गरेको विघटनलाई सदन गर्ला भन्ने विश्वास गरेका छैनौँ, संसद पुनर्स्थापना हुन्छ भन्नेमा विश्वस्त छौँ।’

टिप्पणीहरू