झलनाथ–घनश्याम समूह घनिभूत छलफलमा
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षबीच पनि मतभेद उत्पन्न भएको छ । अध्यक्ष माधवकुमार नेपालसहित ठूलो संख्या नेकपा (माओवादी केन्द्र)सँग एकताको पक्षमा उभिँदा चर्को आलोचनासहित विपक्षमा देखिएका नेताहरुबीच पार्टी पुर्नगठन गर्ने कि मातृपार्टी एमालेमा फर्किने भन्ने विषयमा मतान्तर देखिएको हो ।
बताइएअनुसार खनाल र भुसाल समूहका नेताहरु तीन घण्टादेखि छलफलमा छन् । उनीहरुले नेकपा एसलाई नै पुनर्गठन गरेर अघि बढ्नुपर्नेमा जोड दिएको एकथरीको भन…