दिल्लीतिर उनी किन दौडिए ?
दक्षिणी छिमेकीलाई नेपालको आन्तरिक राजनीतिमा कस्तो चासो बढेको छ भने, ऊ एउटामात्र हैन, नेपालका सत्तारुढसँगै थरिथरि शक्तिलाई योजनाअनुसार एकत्रित गरी अघि बढ्दै छ । माधव नेपालले केपी ओलीसामु आफूलाई आएको ‘अफर’ बारे बताएबाटै बुझिन्छ, सकेसम्म ऊ कसैलाई छाड्ने पक्षमा छैन । तर, पहिलो सफलता हात पारेको छ, पूर्वपञ्चबीचमा ।
नेपाली कांग्रेसमा बाक्लिएको महाधिवेशनलक्ष्यित चलखेलमा भारत अहिले परीक्षणको भूमिकामा मात्रै छ । तर, हिन्दू राज्यको एजेण्डा बोक्ने पूर्वपञ्चलाई एकता गराई छाड्यो । नेपा…