संघीयतालाई कम खर्चिलो बनाउन जेन जी प्रतिनिधिको माग
प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रिय सहकार्य मञ्च (जेन जी प्रतिनिधि) का संयोजक किशोरी कार्की सहितको टोलीले ज्ञापनपत्र बुझाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमल्सिना मार्फत् ज्ञापन पत्र हस्तान्तरण गरिएको हो ।
नौ बुँदाको ज्ञापनपत्रमा भदौ २३ को प्रदर्शन र २४ गतेको विध्वंशलाई जेन जी जनविद्रोह २०८२ नामाकरण गर्नुपर्ने, सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्नुपर्ने, हालसम्म राजकीय पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, संघीयतालाई कम खर्चिलो बनाइनुपर्ने, राष्ट्रिय सभालाई विज्ञहरुको सभा बनाउनुपर्ने माग गरिएको छ ।

टिप्पणीहरू