कांग्रेसले थाल्याे महाधिवेशन तयारी
नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक तयारी थालेको छ । पार्टीले निर्वाचन समितिमा दुई सदस्य मनोनयन गर्दै निर्वाचनकाे तयारी थाल्न भनेकाे हाे।
केन्द्रीय कार्यसमितिको बैठकले मंसिर १५ गते निर्वाचन समिति गठन गर्ने निर्णय गरेकोमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज लमजुङ घर भएका वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र सुनसरी घर भएका अधिवक्ता राजु कटुवाललाई निर्वाचन समितिको सदस्यमा मनोनयन गरेका हुन् ।
उक्त समितिले पुष २६, २७ र २८ गते हुने महाधिवेशनमा निर्वाचनसम्बन्धी सम्पुर्ण कार्य सञ्चालन र व्यवस्थापन गर्नेछ ।
टिप्पणीहरू