धर्मको नाममा करोडौं कारोबार : न कर, न कानुन
पछिल्लो समय नाफामूलक संस्थामा धार्मिक–आध्यात्मिक संस्थाहरुलाई लिन सकिन्छ । विभिन्न भ्रम छरेर सोझालाई मात्र होइन, मै हुँ भन्नेहरुलाई समेत ठग्ने गरिएको छ । उद्योग वा कम्पनी नभई एउटा च्यारिटेबल ट्रष्ट खोलेर धर्म र अध्यात्मको नाममा करोडौं अर्बौं कमाउन सकिने धेरै तथ्यहरु बाहिर आइसकेका छन् ।
धार्मिकभन्दा पनि आध्यात्मिक गतिविधिबाट ज्यादाभन्दा ज्यादा मानिसहरु ठगिन पुगेका छन् । भारतमा ज्यानमारा, बलात्कारी, गुण्डा नाइके भनेर चिनिएका कथित बाबा, सन्त वा गुरुहरु उतैका जेलहरुमा …