विप्लव बैठकका विशेष बात
राजावादीद्वारा आयोजित चैत १५ गतेको आन्दोलनमा अगाडि दुर्गा प्रसाईं देखिए पनि उनी उत्तरप्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता आदित्यनाथ योगीको गोटी मात्र भएको ठहर गरिएको छ । यस्तो निश्कर्ष नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीको काठमाडौंमा चैत १६ गते सम्पन्न बैठकले गरेको हो ।
यथास्थितिबाट मुलुकलाई निकास दिन समाजवादी कार्यक्रम निर्माण गर्न आवश्यक भएको चर्चा विभिन्न घटकले निकालेका छन् । स्रोतका अनुसार समाजवादी मोर्चाभित्रै रहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले भने मिश्रित सरकारको अवधारणा अघि सारेको छ । प्रचण्डले १५ गते आयोजित समाजवादी मोर्चाको सभामा चीन र भारतबारे केही पनि नकोट्याएको, अमेरिकालाई मात्रै गाली गरेको र राष्ट्रिय सरकारको आवश्यकता रहेको बताएपछि त्यस आधारमा उनी सत्तालोलुप देखिएको भनी उक्त बैठकमा चर्चा चलेको थियो ।
सोही बैठकमा राष्ट्रिय सरकार गठन गर्दा एमालेभन्दा कांग्रेस ठीक नहुने अर्थात् देउवाभन्दा ओली नै ठीक हुने ठहर गरिएको थियो । ओलीलाई साइजमा ल्याउने नाममा कांग्रेसलाई काँध थाप्नु भनेको पश्चगामी कदम हुने निश्कर्ष विप्लव खेमाले १६ गते नै निकालेको बताइन्छ । बैठकमा गणतन्त्र रक्षार्थ समाजवादी मोर्चाले जुलुश निकालेर ठूलै प्रदर्शन गरी सरकारलाई राहत पुर्याए पनि प्रधानमन्त्री केपी ओलीले एकीकृत समाजवादीको कार्यालय सुरक्षा गर्न नसकेको बरु खुच्चिङ गरेको महसुस भएको नेताहरूको रिपोर्टिङ थियो । जबकि गणतन्त्र रक्षाको मुख्य अभिभारा सरकारमा रहेका कांग्रेस र एमालेको हुनुपथ्र्यो ।
टिप्पणीहरू