सिंहदरबारमा काँग्रेस सांसदको उत्तेजक धारणा

सिंहदरबारमा काँग्रेस सांसदको उत्तेजक धारणा

नेपाली कांग्रेसकी सांसद नागिना यादवले आफू मन्त्री भएको भए दुर्गा प्रसाईंलाई सुटका लागि निर्देशन दिने बताएकी छन् । कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा बोल्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै त्यस्तो धारणा राखेकी हुन् । 

‘म यदि मन्त्री भएको भए त्यहीबेला उसलाई (दुर्गा प्रसाईं) सुट गर्नू भनेर आदेश दिन्थे’, उनले भनिन्, ‘त्यत्रो सुरक्षाकर्मीलाई पेलेर जाने ? सुरक्षाकर्मीमाथि नै गाडी हुइँकाउन खोज्ने ?’

सांसद झाले प्रसाईले आफ्नो स्वार्थ पूरा गर्न मात्र भीड जम्मा गरेको पनि बताइन् । ‘आफ्नो स्वार्थ पूरा गर्न दुई चार जनाको भीड जम्मा गरेर हिंसा मच्चाउने, सार्वजनिक सम्पतिमाथि प्रहार गर्ने काम सह्य हुँदैन’, उनले थपिन् । 

त्यस्तै, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भने प्रसाईंको पक्राउपछि पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो, उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ’, अगाडि भने, ‘त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ, उहाँलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले तीनकुने घटनाको अनुसन्धानमा हालसम्मका गतिविधिबारे संक्षेपमा जानकारी गराएका थिए ।
 

टिप्पणीहरू