राजदूतहरु पत्नीसहित इलाममा, अमेरिकी,चीन र भारतीय काठमाडौंमै
काठमाडौंस्थित विभिन्न मुलुकका राजदूतहरु नेपाली नयाँ वर्षको पहिलो सूर्योदयका लागि परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासहित इलाम पुगेका छन् । १३ देशका राजदूतहरु श्रीमतीसहित बुद्ध एअरको उडानमा झापाको भद्रपुर हुँदै इलामको श्रीअन्तु गएका हुन् ।
परराष्ट्र मन्त्रालयको संयोजनमा आयोजित कार्यक्रमको संयोजक परराष्ट्र सचिव अमृत राई छन् । नायव शिष्टाचार महापाल प्रवीण भट्टराईसमेत रहेको टोलीमा नेपालका लागि जापानी राजदूत माएदो तुरो,इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबाली,इजरायली राजदूत…