देश र जनतालाई बर्बाद पारेको भन्दै ट्रम्पमाथि मुद्दा
अमेरिकी राज्य क्यालिफोर्नियाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एकपछि अर्को ‘अराजक’ निर्णय गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ । राष्ट्रपतिले विश्वका अधिकांश मुलुकमाथि उच्च भन्सार कर लगाएको र असी बर्षमा बनेको आर्थिक धरातललाई हप्ता दिनमै ध्वस्त पारेको भन्दै ट्रम्प प्रशासन सामुन्ने कानुनी चुनौती प्रस्तुत गरिएको छ ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसोमद्वारा दायर मुद्दामा ट्रम्प प्रशासनले गैरकानुनी शुल्क लगाएको आरोप छ । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको…