कसले छताछुल्ल पार्यो सुमनाको राजीनामा ?
सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुध्दिकरणको मुध्दामा भैरहवा कारागारमा रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठको सहमहामन्त्री पदबाट राजीनामा यतिखेर चर्चामा छ । पत्र सार्वजनिक भएपछि उनले दिएको अभिव्यक्तिले माहौललाई झनै गर्मागरम बनाएको छ । उनले आफूले नभई पार्टीभित्रैबाट कसैले पत्र बाहिर्याएको आरोप लगाएकी छन् ।
गत चैत १८ गते सभापति लामिछानेले पुनः जिम्मेवारी सम्हालेपछि उनले राजीनामा पत्र बुझाएकी थिइन् । रविले सो विषयमा पार्टीमा छ…