कांग्रेसमा देउवाको जिम्मेवारी खड्कालाई

कांग्रेसमा देउवाको जिम्मेवारी खड्कालाई

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापति बनेका छन् । सभापति शेरबहादुर देउवा देशबाहिर रहेकाले उनी कार्यवाहक तोकिएको कांग्रेसले जनाएको छ । 

देउवा सपरिवार आज थाइल्याण्ड भ्रमणमा निस्किएका हुन् । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ (संशोधनसहित)धारा २५ को उपधारा १३ बमोजिम देउवा नफर्कुञ्जेलसम्मका लागि खड्का कार्यवाहक तोकिएको जानकारी दिए ।

टिप्पणीहरू