आन्दोलनमा राप्रपा नेताहरु : केही औपचारिक पोशाकमा, धेरैको अनौपचारिक
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ संघीय संसदको प्रतिक (लोगो) लगाएको अवस्थामा पक्राउ परेका छन् । सिंहदरबारबाट पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतका नेताहरु अनौपचारिक पोशाकमा देखिए पनि तामाङ भने संघीय संसदको लोगो भिरेकै अवस्थामा प्रहरी भ्यानभित्र छिरेका हुन् ।
अध्यक्ष लिङ्देनले गुलाफी सर्टबाहिरको कोटमा नेपालको राष्ट्रिय झण्डाको लोगो लगाउँदा प्रवक्ता शाहीले कालो टिसर्ट लगाएका छन् । उपाध्यक्ष तामाङले भने नीलो सर्टबाहिरको खैरो कोटमा संघीय सांसदको लोगो भिरेका हुन् ।
शीर्ष नेताहरु पक्राउ परेपछि अन्य नेता तथा कार्यकर्ताहरु आक्रोशित देखिन्छन् । सिंहदरबार वरपरको क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । पार्टी उपाध्यक्ष विक्रम पाण्डेले अब सिर्जना हुने परिस्थितिको सामना गर्न सरकारलाई चुनौती दिएका छन् ।
टिप्पणीहरू