ऊर्जामन्त्रीका भारतीय पाहुना हाइड्रो हेर्दै मुक्तिनाथ

ऊर्जामन्त्रीका भारतीय पाहुना हाइड्रो हेर्दै मुक्तिनाथ

भारतका विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउन लागेका छन् । ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी दुई दिने भ्रमणका लागि पर्सि काठमाडौं आइपुग्दै छन् ।

ऊर्जामन्त्री खड्का र भारतीय विद्युतमन्त्री खट्टरले पर्सि नै भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएका कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०-१३३-३३ केभी तुम्लिङटार सबस्टेशन, २२०-३३ केभी बानेश्वर सबस्टेसन र २२०*१३३-३३ केभी बसन्तपुर सबस्टेशनको संयुक्त रूपमा तुम्लिङटार सबस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि खट्टर अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकनमा जाँदै छन् । 

राजधानी फर्केर नेपाल र भारतले संयुक्त रुपमा स्थापना गर्ने प्रशारण लाइन निर्माण कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भोलिपल्ट बिहान मुक्तिनाथ र साँझ पशुपतिनाथमा पूजापाठ तथा आरती गरेर राति नयाँ दिल्ली फर्कने कार्यतालिका बनाइएको छ ।

उनले मुक्तिनाथबाट फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।
 

टिप्पणीहरू